तृणमूलले आयोजना गरे जन ऐक्य यात्रा पूजा

IMG-20240122-WA0184.jpg

सैकत च्याटर्जीको भाषणमा गुन्जियो जय श्री रामको नारा

जलपाइगढी। राम मन्दिर उद्घाटनको अवसरमा भाजपाले जलपाइगढी जिल्लामा रामलल्ला पूजाको आयोजना गरिरहेको बेला अर्कोतर्फ यसलाई काउन्टर दिँदै जलपाइगढी जिल्ला युवा तृणमूलका पूर्व जिल्ला अध्यक्ष तथा जलपाइगढी नगरपालिकाका उपाध्यक्ष सैकत च्याटर्जीले पनि सोमबार जलपाइगडी जन ऐक्य यात्रा पुजाको आयोजना थाना चौपतिमा गऱ्यो। सो पूजा स्थलमा उनले ममता ब्यानर्जी र अभिषेक ब्यानर्जीको तस्बिरसहित राधा–कृष्ण, शिव, गणेश, काली, दुर्गा र देवीको तस्बिरसहितको ब्यानर टाँसेका थिए। तिनले भाषण दिइरहेका बेला एउटा स्कुल बस रोकिएको थियो भने त्यही बसमा रहेका विद्यालयका बालबालिकाले जय श्री रामको नारा लगाइरहेका थिए। यो घटनाबाट तृणमूल नेता सैकत च्याटर्जी असहज बनेका थिए। पत्रकारहरूले यो कार्यक्रम किन आयोजना गरिएको भनेर सोध्दा सैकत च्याटर्जीले भाजपाले भगवान रामलाई राजनीति र प्रचारका लागि प्रयोग गरिरहेको बताउँदै त्यसको कडा विरोधमा हामीले आज यो पुजा आयोजना गरेका जनाए। तिनले उनीहरुका लागि राम भनेको नाथुराम हो र हाम्रो निम्ति राम भनेको खुदिराम भन्ने टिप्पणी गरे। यस सम्बन्धमा भाजपाका जलपाइगढी जिल्ला अध्यक्ष बापी गोस्वामीले प्रतिक्रिया दिँदै आजका बालबालिकाले रामको अर्थ बुझेको र भविष्यमा देश बनाउने यही बालबालिकाहरु रहेको बताए। तर यी पाखण्डी तृणमूल नेताहरूले खुलेआम चरण टोपी लगाएर राजनीति गर्छन् र खल्तीमा हनुमान चालिसा बोक्छन् र पाकिस्तानको दलाली पनि गर्छन् तिनले आरोप कसे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement