२५ जनवरीमा फालाकाटा आइपुग्ने कङ्ग्रेसको भारत जोडो न्याय यात्रा

IMG-20240122-WA0223.jpg

अलिपुरद्वार: कङ्ग्रेसको भारत जोडो न्याय यात्रामा अंश ग्रहण गर्नको लागि सांसद राहुल गाँधी फालाकाटा आउने भएका छन्। यसको लागि फालाकाटा सहरभरि लगभग ३ हजार फ्ल्याग, फेस्टुन तथा ब्यानर लगाउने कार्य चलिरहेको छ। आगामी २५ जनवरी साँझ राहुल गाँधी फालाकाटा आउने भएका छन्। तिनले आगामी २६ जनवरीमा पार्टी कार्यालयमा राष्ट्रिय झण्डा उत्तोलन गर्ने सूत्र मार्फत् थाहा लागेको छ। यस अवसरमा कङ्ग्रेसका हजारौँ नेता तथा कार्यकर्ताहरू उपस्थित रहनेछन्। राहुल गाँधीको यस कार्यक्रमलाई लिएर कङ्ग्रेस खेमामा युद्ध स्तरमा तयारी चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement