असम: पुलिसले रोक्यो राहुल गान्धीको लावा-लस्करलाई बटद्रवा सत्र जानदेखि

Congress-leader-Rahul-Gandhi-addresses-supporters-_1705896346288_1705896359577.jpg

नगाउँ: कंग्रेस नेता राहुल गान्धीको लावा-लस्करलाई प्रशासनले बटद्रवा सत्र थान जानदेखि रोकेको छ। जिल्लाको धिङ्ग गेटमा तैनाथ पुलिसले राहुल गान्धीको लस्करलाई रोक्नुको कारण बारे स्पष्ट पार्दै भन्यो, अपरान्ह ३ बजेपूर्व उनको यात्रा बटद्रवा थाना जान सक्दैन।

वास्तवमा सोमवार अयोध्याको राम मन्दिरमा हुने प्राण-प्रतिष्ठा समारोहसित सम्बन्धित सत्रको कार्यक्रममा भिड़न्त हुनसक्ने आशङ्कालाई मध्यनजर गर्दै बटद्रवा सत्र थानाले राहुल गान्धीलाई गए आइतवारको प्रस्तावित यात्रालाई स्थगित गर्ने आग्रह गरेको थियो। यस सम्बन्धमा आइतवार श्री श्री पटद्रवा थान सञ्चालन समिति बटद्वारा सिबामोनी बोरालाई पत्र लेखेर कंग्रेस नेता राहुल गान्धीलाई महापुरुष श्रीमन्त शङ्करदेवको जन्मस्थली श्रीश्री बटद्रवा थानको आफ्नो यात्रालाई पुनर्निर्धारित गर्ने आग्रह गरिएको थियो।

समितिले यो निर्णय गए आइतवार एक आपतकालीन बैठक डाकेर लिएको थियो। पत्रमा भनिएको थियो, बटद्रवा थानमा राहुल गान्धीलाई स्वागत छ, उनी कुनै पनि बेला यहाँ दर्शन गर्न आउन सक्नेछन्। तर सोमवार त्यै समयमा रामललाको प्राण-प्रतिष्ठालाई लिएर कार्यक्रम तय गरिएको छ, त्यैबेला राहुल गान्धी यहाँ आउनाले तकनिकी समस्या आउनसक्छ। राहुल गान्धीसित भनिएको छ, उनी बिहानको सट्टा अपरान्ह ३ बजेपछि यहाँ आउनसक्छन्।

उल्लेखनीय छ, राहुल गान्धीको प्रस्तावित यात्रा २२ जनवरीको बिहान ८ देखि ९ बजेबीच निर्धारण गरिएको थियो। श्रीश्री बटद्रवा थान परिचालन समितिका अध्यक्ष जोगेन्द्र नारायण देव महन्तले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सर्वसम्मतिले यो निर्णय लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement