जलपाईगुडी: राम मन्दिरको उद्घाटन र रामललाको अभिषेकको अवसरमा जलपाईगुडी गौशालामा रामकथा शुरु भएको छ। यो धार्मिक अनुष्ठान गत २० तारिकदेखि शुरु भएको हो। आज बिहानैदेखि विशेष पूजा शुरु भएको छ। त्यसपछि दिनभर विभिन्न धार्मिक कार्यक्रमसहित रामकथा जनवरी २८सम्म चल्ने आयोजकले जानकारी दिए।