मेलबर्न: विश्वका नम्बर एक खेलाड़ी सर्बियाका नोवाक जोकोविचले सजिलैसँग म्याच जितेर अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको क्वार्टर फाइनलमा स्थान बनाए। यसरी महिला एकलमा अमेरिकाकी युवा खेलाड़ी कोको गौफले पनि क्वार्टर फाइनलमा स्थान बनाइन्। सर्बियाई दिग्गज जोकोविचले आइतवार एड्रियन मानारिनोलाई सजिलैसँग ६-०, ६-०, ६-३-ले पराजित गरे। दशपल्टका अष्ट्रेलियन ओपन च्याम्पियन जोकोविचलाई म्याच जित्न केवल एक घण्टा ४४ मिनट समय लाग्यो। उनले म्याचमा ३१ वटा विनर लगाए अनि ग्राण्ड स्ल्याममा ५८औं पल्ट अन्तिम आठमा प्रवेश गरी स्विट्जरल्याण्डका महान खेलाड़ी रोजर फेडररको रेकर्डको बराबरी गरे। जोकोविच १४औं पल्ट अष्ट्रेलियन ओपनको क्वार्टर फाइनलमा पुगेका छन् अनि उनको लक्ष्य २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने रहेको छ। अन्तिम आठमा उनको भिड़न्त टेलर फ्रिट्जसँग हुनेछ। फ्रिट्जले गत साल यहाँ उपविजेता रहने स्टेफानोस सितसिपासलाई ७-६ (३), ५-७, ६-३, ६-३-ले पराजित गरी पहिलोपल्ट सालको पहिलो ग्राउण्ड स्ल्यामको क्वार्टर फाइनलमा स्थान बनाए।
यसरी महिला एकल वर्गमा गत च्याम्पियन आर्यना सबालेंका र अमेरिकी ओपन विजेता कोक गौफले असाधारण जीतको साथ क्वार्टर फाइनलमा स्थान बनाइन्। दोस्रो वरीयता प्राप्त सालेंकाले गत वर्ष यहाँ आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जितेकी थिइन्। उनले अमाण्डा अनिसिमोवालाई ६-३, ६-२-ले पराजित गरिन्। अब उनको सामना १६ वर्षीय मीरा एण्ड्रीवा र नवौं नम्बरकी खेलाड़ी बारबोरा क्रेजसिकोवाबीच खेलिने म्याचको विजेतासँग हुनेछ। यसरी गत वर्ष सेप्टेम्बरमा अमेरिकी ओपनको रूपमा आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जित्ने गौफले मागडालेना फ्रेचलाई सीधा सेटमा ६-१, ६-२-ले पराजित गरिन्। अमेरिकी खेलाड़ीलाई म्याच जित्न एक घण्टा तीन मिनट समय लाग्यो। यस जीतको साथै गौफले यस सत्रमा आफ्नो अजेय अभियानलाई अघि बढ़ाइन्। उनले यस साल नौवटा म्याच खेलेर जम्मै जितेकी छन्। अघिल्लो राउण्डमा उनको भिड़न्त मार्ता कोस्तयुकसँग हुनेछ, जसले मारिया टोमाफीवालाई ६-२, ६-१-ले पराजित गरी पहिलोपल्ट ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा प्रवेश गरिन्।