मुख्यमन्त्री गरे बुर्तुक निर्वाचन क्षेत्रका जनतासँग भेट

IMG-20240121-WA0250.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले निरन्तररूपमा राज्यका जनतासँग भेट गर्दै आइरहेका छन्। यसै क्रममा गत केही दिन अघि उनले बुर्तुक्क निर्वाचन क्षेत्रका जनतासँग भेट गर्दै उनीहरूको गुनासो र समस्या सुनेका थिए। दुई दिनसम्म उनले बुर्तुक निर्वाचन क्षेत्रका जनतासँग भेट गरेका थिए तर त्यस समयमा छुटेका जनता साथै विद्यार्थीहरूसँग आज उनले भेट गरे। उल्लेखनीय छ, गत १३-१४ जनवरीको दिन राज्यका मुख्यमन्त्री तामाङले अप्पर बुर्तुक निर्वाचन क्षेत्रका जनतासँग भेट गरेका थिए। आज बिहान ९ बजेदेखि शुरु भएको जन भेट कार्यक्रम अवधि उनले क्षेत्रका हजारौं जनतासँग भेट गर्दै उनीहरूको निवेदन पत्र अनि मागपत्रहरू ग्रहण गर्दै आफ्नो तर्फबाट हुन सक्ने सबै प्रकारको समस्या समाधान गरिदिने बचन दिए। मुख्यमन्त्री तामाङले जनभेट कार्यक्रम अवधि विभिन्न पाठशाला, महाविद्यालय अनि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरूको शिक्षाको निम्ति आर्थिक सहयोग प्रदान गरे। आजको जनभेटको क्रममा मुख्यमन्त्रीले आईबीएफ उपचार हेतु ८ जनालाई साथै धेरै विरामीहरुलाई सहयोगार्थ चेक पनि प्रदान गरे। यसरी नै आनी गुम्पामा रहेका आनीहरुलाई सहयोग गर्दै मुख्यमन्त्रीले एउटा युटिलिटी वाहन पनि प्रदान गरे।

मुख्यमन्त्रीसमक्ष साक्षात्कार बन्दै आफ्नो गुनासो सुनाउन अनि पीर बिसाउन पाएकोमा साथै यसरी जनतालाई भेट गर्ने समय प्रदान गरेकोमा स्थानीयहरूले मुख्यमन्त्रीप्रति धन्यवाद दिंदै आभार व्यक्त गरेका छन्। आज सम्पन्न जन भेट कार्यक्रममा अप्पर सिच्चेका पार्षद एवं एसकेएम नारी मोर्चाकी अध्यक्ष श्रीमती कला राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement