राज्यपालले दिए रामललाको प्राण प्रतिष्ठाको अवसरमा सिक्किमवासीहरूलाई बधाई एवं शुभकामना

IMG-20230410-WA0169-11-300x172-6

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले अयोध्यामा २२ जनवरीको दिन हुने भगवान रामललाको प्राण प्रतिष्ठाको शुभ अवसरमा सम्पूर्ण सिक्किमवासीहरूलाई बधाई एवं शुभकामना दिएका छन्।राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, मर्यादापुरुषोत्तम श्री रामले आफ्नो जीवनमा सत्य, धर्म र न्यायका मूल्यहरूको पालन गरे। उनले भाइचारा, मानवता र कर्तव्यनिष्ठाको माध्यमद्वारा समाजलाई एकता र समरसताको दिशामा प्रेरित गरे। श्री रामको जीवन मूल्यहरूले सबै सिक्किमवासीहरूको पथ प्रदर्शन गरुन् भनी उनले कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement