भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समितिको सभा सम्पन्न

IMG-20240121-WA0239.jpg

मङ्पू: भारतीय गोर्खा प्रजातान्त्रिक युवाशक्ति केन्द्रीय समितिको एक महत्त्वपूर्ण सभा केन्द्रीय अध्यक्ष अमृत योञ्जनको अध्यक्षतामा बसेको थियो। यस सभामा विशेष विभिन्न समितिका युवा शक्तिका गतिविधिबारे छलफल गरियो। युवाशक्ति कालेबुङ जिल्ला समितिका प्रतिवेदन मूलसचिव इमान चामलिङले राखे भने खरसाङ महकुमा समितिबाट मूलसचिव विज्ञान मिश्रले आफ्नो प्रतिवेदन प्रस्तुत गरे। त्यसरी नै मिरिक महकुमा समिति युवा शक्तिका अध्यक्ष उमेश तोलङ्गीले प्रतिवेदन प्रस्तुत गरेका थिए।सभामा केन्द्रीय महासचिव सदीप प्रधानले पार्टीको साङ्गठनिक ढाँचाबारे अवगत गराउँदै अब सम्पूर्ण ४५ वटा समष्टिमा पूर्णाङ्ग समिति गठन गर्न जिल्ला समिति तथा महकुमा समितिहरू लागिपर्ने आह्वान गरे। सभामा युवाहरू साङ्गठनिक रूपमा सशक्त बन्नुपर्छ, पार्टीलाई साङ्गठनिक रूपमा बलियो बनेर साथ दिनपर्छ भने, साथै सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा युवा शक्तिका महत्त्व, योगदान र उपस्थितिबारे पनि चर्चा गरियो। यस सभामा भागोप्रयुश केन्द्रीय समितिमा कालेबुङबाट अनुप गदाललाई पदोन्नति गरेर उपाध्यक्ष मनोनित गरियो भने दार्जिलिङबाट पञ्चायत समिति सदस्य रिवाज गुरूङ, बन्टी गुरूङ, अमित सुब्बा, विशाल थामी साथै पानीघट्टा बजारबाट अक्षत छेत्री अनि सुकुनाबाट प्रमित छेत्रीलाई युवा शक्ति केन्द्रीय समिति सदस्यको रूपमा चयन गरेर नियुक्ति पत्र पनि प्रदान गरियो। त्यसरी नै सुनिल राई अनि अभिषेक राईलाई युवा शक्ति केन्द्रीय समितिका मिडिया प्रभारी नियुक्त गरियो। युवा शक्ति केन्द्रीय प्रवक्ता अनित खातीद्वारा सञ्चालित यस सभामा आफ्नो अध्यक्ष्य भाषण राख्दै अमृत योञ्जनले युवाहरूले सक्रिय रूपमा अघि आएर पार्टीलाई बलियो बनाउने साथै युवा शक्तिलाई साङ्गठनिक रूपमा बलियो बनाउन पर्छ भने। साथै केन्द्रीय अध्यक्ष अनित थापाले युवाहरूलाई पार्टीका विभिन्न महत्वपूर्ण पद र जिम्मेवारीहरू दिइरहेका छन् जसलाई युवाहरूले निष्ठापूर्वक कार्य गरेर वहाँको सोच र विचारलाई जनमानसमा पुर्याउन युवाहरू लागि पर्ने आह्वान पनि गरे। यस सभामा केन्द्रीय समिति युवा शक्तिका पदाधिकारीवर्ग अनि सदस्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement