परिवर्तन कपः नेपाल फूटबल क्लब फाइनलमा

IMG-20240121-WA0232.jpg

२२ जनवरीः धोतरिया बालासन चियाबारीमा परिवर्तन ए क्लबको तत्त्वावधानमा आयोजित परिवर्तन कप फूटबल टुर्नामेण्टमा आइतवार पहिलो सेमिफाइनल म्याच खेलियो। परिवर्तन खेल मैदानमा भएको रोमाञ्चक म्याचमा नेपाल फूटबल क्लबले यूडीएससी १६ आकारलाई ३-१-ले पराजित गऱ्यो। म्याचमा २ गोल गर्ने विजेता टीमका निमा तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई पूर्व दिग्गज गोलकीपर प्रवीण प्रधानको बाहुलीबाट पुरस्कार प्रदान गरियो। अब २८ जनवरीमा खेलिने दोस्रो सेमिफाइनलमा तकभर फूटबल क्लब र तितुस सेवेनबीच भिड़न्त हुनेछ। फाइनल ११ फरवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक परिवर्तन ए क्लबका अध्यक्ष नलेश राईले जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *