जेड प्लस सुरक्षा पाएको रुख

432b41408429f608ed31b30ad44c74c31690802370607506_original.jpg

रुखलाई जेड प्लस सुरक्षा भने सुन्दा कसैलाई पनि पत्यार लाग्दैनl यस्तो यो सुरक्षा राष्ट्र प्रमुख साथै ठूला ठूला व्यक्तिहरूलाई दिइन्छ। तर एउटा रुखले जेड प्लस सुरक्षा पाएको भने सत्य हो। बिहारको गया जिल्लामा एउटा रुख छ जसलाई बोधि रुख भनिन्छ। धेरै पटक यसलाई भत्काउने प्रयास गरियो, तर यो रुख कहिल्यै नष्ट हुन सकेन। सन् १८५७ मा प्राकृतिक प्रकोपका कारण यो रुख पूर्ण रुपमा नष्ट भएको थियो। त्यसपछि १८८० मा ब्रिटिश अफिसर लर्डले श्रीलंकाको अनुराधापुरमबाट बोधिवृक्षको हाँगा ल्याए र त्यसलाई बोधगयामा प्रत्यारोपण गरियो। त्यसबेलादेखि आजसम्म बोधिवृक्ष उस्तै छ।
मध्य प्रदेशको राजधानी भोपाल र विदिशाको बीचमा रहेको सलामतपुरको पहाडमा लगाइएको यो रुख मध्य प्रदेशमा देख्न सकिन्छ। यो रुख तत्कालीन श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सन् २०१२ मा भारत भ्रमणका क्रममा रोपेका थिए। यस रुखको संरक्षणमा मध्यप्रदेश सरकारले वार्षिक १२ देखि १५ लाख रुपियाँ खर्च गर्छ। यो रुख १०० एकडको पहाडमा १५ फिट अग्लो फलामको जालीमा रोपिएको हो। जसलाई बोधि रुख भनिन्छ जुन पिपल रुख हो। यस रूखको सुरक्षा जिल्लापालको निगरानीमा छ। यो रुखको एउटा पात पनि सुक्यो भने प्रशासन चिन्तित हुन्छ, अनि जतिसक्दो चाँडो उपचार गरिन्छl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *