शोएबसँग पारपाचुकेको पुष्टि गरिन् सानियाले

IMG-20240121-WA0224.jpg

नयाँ दिल्ली, २१ जनवरीः सानिया मिर्जाको परिवारले आइतवार भारतीय टेनिस स्टार र पाकिस्तानका पूर्व क्रिकेटर शोएब मलिक पारपाचुके (तलाक) भएको पुष्टि गऱ्यो। मलिकले एक दिन अघि अभिनेत्री सना जावेदसँग विवाह गरेको घोषणा गर्दै फोटोहरू सोशल मीडियामा साझा गरेका थिए। सानिया र शोएबको हाई प्रोफाईल जोड़ीलाई लिएर दुवै देशका खेलप्रेमीहरूबीच निक्कै चासो रहन्थ्यो तर यस पारपाचुकेको साथ कहानीको अन्त भयो। मलिक (४१ वर्ष)-ले शनिवार सनासँग आफ्नो विवाहको तस्वीरहरू सोशल मीडियामा साझा गरेका थिए। यसपाली सानियाको परिवारद्वारा जारी बयानमा भनिएको छ, सानिया आफ्नो व्यक्तिगत जीवनलाई सदा मानिसहरूका नजरदेखि टाढ़ा राख्छिन् तर अहिले यो बताउन जरूरी भएको छ कि उनी र शोएबबीच पारपाचुके भइसकेको छ। उनले शोएबलाई नयाँ यात्राको निम्ति शुभकामना दिएकी छन्। उनकी जीवनको यस संवेदनशील समयमा हामी प्रशंसक र शुभचिन्तकहरूसँग कुनै प्रकारको अड़कलबाजीमा सामेल हुनदेखि बाँच्ने अनि गोपनीयताको सम्मान गर्ने आग्रह गर्दछौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *