रेलिंग च्याम्पियन्स ट्रफीःगणेशको गोलले फाइनलमा पुग्यो जर्जियन युनाइटेड

IMG-20240121-WA0223.jpg

२१ जनवरीः रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको चौथो सीजनमा जर्जियन युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। आइतवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा जर्जियन युनाइटेडले गान्तोकको टीम एकाडमी नाइट्सलाई २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ गोलको बराबरीमा रहेको थियो। नियमित समयको खेलमा जर्जियन युनाइटेडबाट प्रणय राई र एकाडमी नाइट्सबाट जन लेप्चाले गोल गरे। स्कोर १-१-को बराबरीमा रहेपछि ५-५ मिनटको दुई हाफमा अतिरिक्त समयको खेल भयो, जसमा गणेश लिम्बुले सातौं मिनटमा गोल गरी जर्जियन युनाइटेडलाई जीत दिलाए। गणेश लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने दोस्रो सेमिफाइनलमा सुकनाको आयुष फूटबल क्लब र चाइल्डहुड फूटबल क्लबबीच भिड़न्त हुनेछ।फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement