गोजमुमो रिम्बिक लोधोमा समष्टिको संयोजक मणिकुमार काम्राङ र अन्यहरू भागोप्रमोमा सामेल

IMG-20240121-WA0218.jpg

रिम्बिक: गोर्खा जनमुक्ति मोर्चा, रिम्बिक लोधोमा समष्टिको संयोजक मणिकुमार काम्राङ अनि केही समयदेखि कुनै पनि पार्टीदेखि टाढा रहेका जोनसन राई र उनका साथीहरु आज भागोप्रमोमा सामेल भएका छन्। उनीहरूलाई भागोप्रमो अध्यक्ष अनित थापाले पार्टीको झण्डा थमाएर पार्टीमा सामेल गराएका छन्। भागोप्रमोमा सामेल भएपछि मणिकुमार काम्राङले सामेल हुनुको कारण बताउँदै भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको यथार्थको राजनीतिलाई मन पराएर नै आज म पार्टीमा सामेल भएको हुँ।”

पार्टी अध्यक्ष अनित थापाले सबैलाई पार्टीमा स्वागत जनाउँदै भनेका छन् कि समष्टिका सभासद नोर्देन शेर्पालाई पनि बधाई दिन चाहान्छु। बीजीपीएमको व्यवहारिक अनि यथार्थको राजनीतिको परिचय तपाईहरुको राजनीतिले नै दिएको हो।’

About Author

Advertisement