प्रभु श्रीरामको अयोध्याधाम सजिएर तयार, भोलि हुनेछ प्राण प्रतिष्ठा

nat-2

अयोध्याधामः प्रभु श्रीरामको जन्मभूमि अयोध्याधाममा खुसीको दीप जगमगाइरहेको छ। चारै दिशा अखण्ड रामधनुको जयघोषले गुञ्जिरहेको छ। भारतवर्षको लागि २२ जनवरीको तिथि अत्यन्त मङ्गलकारी एवं भावुक बनाउने किसिमको हुनेछ। सोमवार यहाँ नवनिर्मित श्रीराम मन्दिरमा मर्यादा पुरूषोत्तम भगवान श्रीरामको प्राण-प्रतिष्ठा गरिनेछ। यसपूर्व पाँच दिनसम्म वैदिक अनुष्ठान सम्पन्न गरियो।

भगवान श्रीरामको मूर्तिको प्राण-प्रतिष्ठाको लागि सात दिवसीय अनुष्ठान सम्पन्न भइरहेको छ। यसै क्रममा गए २० जनवरीको दिन पुष्पाधिवास, शर्कराधिवास औ फलाधिवास गरियो। साथै दैनिक पूजा-अर्चना, हवन आदि सहित चीनी अनि फलहरूद्वारा अनुष्ठान सम्पन्न गरियो। दिव्य एवं भव्य मन्दिर प्राङ्गणमा ८१ वटा कलशहरू स्थापित गरी पूजा-अर्चना गरियो। साँझ पूजा अनि आरती पनि भयो। शुक्रवार मैसुरूका प्रसिद्ध मूर्तिकार अरूण योगीराजद्वारा बनाइएको श्री रामललाको मूर्तिलाई मन्दिरको गर्भगृहमा प्रवेश गराइयो.

उल्लेखनीय छ, प्राण प्रतिष्ठा समारोहमा श्रीरामलला समक्ष प्रधानमन्त्री नरेन्द्र मोदीले १४० करोड़ भारतीयहरूको भावनालाई प्रतिनिधित्व गर्नेछन्- अयोध्याधाममा लघु भारतको दर्शन हुनेछ। मुख्यमन्त्री योगी आदित्यनाथको भनाइ छ, श्रीरामजन्मभूमि मन्दिरको स्थापना भारतको सांस्कृतिक पुनर्जागरणको आध्यात्मिक अनुष्ठान हो। यो राष्ट्र मन्दिर हो। श्रीरामलला विग्रहको प्राण-प्रतिष्ठा राष्ट्रिय गौरवको ऐतिहासिक अवसर हो। रामको कृपाले अब कसैले पनि अयोध्याको पारम्परिक परिक्रमालाई बाधा दिन सक्दैन। अयोध्याका गल्लीहरूमा गोलीहरू चल्नेछैन। सरयूजी रक्तरञ्जित हुने छैन। अयोधयामा कर्फ्यूको कहर हुनेछैन। यो केवल उत्सव हुनेछ। रामनाम सङ्कीर्तन गुञ्जयमान हुनेछ। अवधपुरीमा रामलला विराजमान हुनु भनेको भारतमा रामराज्य स्थापनाको उद्घोषणा हुनु पनि हो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement