अयोध्याधामः भक्तिभावले विभोर अयोध्याधामको श्रीराम जन्मभूमिमा हुने प्राण-प्रतिष्ठा समारोहमा सोमवार प्रातःकाल १० बजेदेखि ”मङ्गल ध्वनि”- को भव्य वादन हुनेछ। विभिन्न राज्यहरूबाट ५० भन्दा अधिक मनोरम वाद्ययन्त्रहरू लगभग २ घण्टासम्म यस शुभ घटनाका साक्षी हुनेछन्। श्रीराम जन्मभूमि तिर्थ क्षेत्र ट्रष्टले जानकारी गराएको छ, अयोध्याका यतिन्द्र मिश्र यस भव्य मङ्गल वादनका परिकल्पनाकार एवं संयोजक हुन् जसमा केन्द्रिय सङ्गीत नाटक अकादमी, नयाँ दिल्लीले सहयोग गरेको छ।
ट्रष्ट अनुसार यो भव्य सङ्गीत कार्यक्रम हरेक भारतीयको लागि एक महत्वपूर्ण अवसरको प्रतीक हो जसले प्रभु श्रीरामको सम्मानमा विविध परम्पराहरूलाई एकजुट बनाउँछ। अयोध्यामा २२ जनवरीमा हुने प्राण प्रतिष्ठा समारोहमा देशभरिका विभिन्न प्रदेशहरूका प्रसिद्ध वाद्ययन्त्रहरूको पनि वादन हुनेछ। यी स्वर लहरीहरूमाझ श्रीरामलला आफ्नो सिंहासनमा विराजमान हुनेछन्।
भारतीय परम्पराको वादनमा जति प्रकारको वाद्ययन्त्र छ सबैको मन्दिर प्राङ्गणमा वादन हुनेछ। यसमा उत्तर प्रदेशको पखावज, बाँसुरी, ढोलक, कर्णाटकको वीणा, महाराष्ट्रका सुन्दरी, पञ्जाबको अलगोजा, ओडिशाको मर्दल, मध्यप्रदेशको सन्तूर, मणिपुरको पुङ्ग, असमको नगाड़ा र काली, छत्तीसगढ़को तन्बूरा, बिहारको पखावज, दिल्लीको शहनाई, राजस्थानको रावणहत्था, बङ्गालको यश्रीखोल, सरोद, आन्ध्रको घटम, झारखण्डको सितार, गुजरातको सन्तार, तमिलनाडुको नागस्वरम,तविल, मृदङ्ग औ उत्तराखण्डको हुड़का सामेल छन्।
-हिस