जंगली हात्तीको आक्रमणमा दुईजनाको मृत्यु

IMG-20230528-WA0320-5-300x172-7

अलिपुरद्वार। जंगली हात्तीको आक्रमणमा परेर एकै दिनमा दुईजना गाउँलेको मृत्यु भएको घटना प्रकासमा आएको छ।
सुत्रबाट थाह लागे अनुसार, मदारीहाट ब्लकको दुम्सीपाडा चियाबारी निवासी नितु पाइक शनिबार घाँस काट्न कमान संलग्न जंगलमा गएकी थिइन् तर तिनी साँझसम्म घर नफर्किन्दा गाउँलेहरुले खोजी गर्न जाँदा कमानमा तिनको शव भेटाइएको थियो।
यसगरी अर्कोतिर मदारीहाट ब्लकको उत्तर खयेरबारी निवासी एवा खडिया पनि घरबाट दिउँसो निस्किएको थियो तर तिनको चोट लागेको शव जंगलमा भेटाइएको थियो।
मदारीहाट थानाको पुलिसबलले दुईवटै शवलाई उद्धार गरेर पोस्टमार्टमको निम्ति पठाएको बताइएको छ।
दुवैको ज्यान जंगली हात्तीको आक्रमणमा भएको हो वा होइन यसको जाँच चलिरहेको पुलिस औ बन विभागीय सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement