अयोध्यामा श्री रामललाको आगमनमा पूरा देशका साथै हुगली जिल्लामा पनि उत्साह

IMG-20230528-WA0320-5-300x172-7

हुगलीः अयोध्यामा श्री राम जन्मभूमि मन्दिरमा सोमवार प्रस्तावित श्रीराम ललाको प्राण प्रतिष्ठालाई लिएर पूरा देशका साथै हुगली जिल्लामा पनि उत्साह देखिएको छ। यस अवसरलाई यादगार बनाउन विभिन्न प्रकारको कार्यक्रमहरूको आयोजन गरिन्दैछ।

हुगली जिल्लाको चांपदानी शहरलाई भगवा झण्डाहरूले सजाइएको छ। चांपदानी शहरका विभिन्न मन्दिरहरूमा आइतवार बिहानैदेखि भजन र कीर्तनको कार्यक्रम शुरू भएको छ। चांपदानीका विभिन्न गलीहरूमा लाइटिङ गरिएको छ। पूरा चांपदानीमा आइतवारदेखि नै उत्सवको माहोल शुरू भएको छ। पूरा देशका साथै चांपदानीका मानिसहरू पनि प्रभु श्रीरामको प्राण प्रतिष्ठाको आतुर भएर प्रतिक्षा गरिरहेका छन्।

आइतवार चांपदानीको पलता घाट क्षेत्रस्थित सय वर्ष पुरानो राम जानकी मन्दिरमा आयोजित अखण्ड कीर्तनमा सामेल सामाजिक कार्यकर्ता किशन सावले भने, यस प्राचीन मन्दिरमा अखण्ड कीर्तनको कार्यक्रम सोमवार रातिसम्म चल्नेछ। सोमवार दिउँसो साढ़े बाह्र बजी अयोध्याका साथै चांपदानीको राम जानकी मन्दिरमा पनि आरती हुनेछ। साझँ छह बजी 11 हजार दियो बालेर दिवाली मनाइनेछ। पूरा चांपदानी राममय भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement