भाजपा सिक्किमको दुई दिवसीय प्रदेश प्रशिक्षण शिविर सम्पन्न

गान्तोक। हिजोदेखि शुरू भएको भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईको दुई दिवसीय आवासीय प्रदेश प्रशिक्षण शिविर आज सम्पन्न भयो। प्रशिक्षण शिविरमा प्रदेश पदाधिकारीगण, सम्पूर्ण विधायकगण साथै १५० भन्दा अधिक विभिन्न जिल्ला, मण्डल अनि विभिन्न मोर्चा पदाधिकारीगण एवं वरिष्ठ कार्यकर्ताहरूले अंशग्रहण गरेका थिए। प्रशिक्षण अवधि पार्टी प्रशिक्षण सम्बन्धी १५ वटा विविध विषयहरूमा विषयविद्हरूले वार्ता प्रस्तुत गरेका थिए। प्रदेश प्रशिक्षण शिविरलाई निगरानी तथा सम्बोधन गर्न केन्द्रीय प्रशिक्षण विभागबाट प्रशिक्षण प्रमुख हेमन्त गोश्वामी अनि सदस्य श्री रविन्द्र साठेको विशेष उपस्थिति रहेको थियो।

हिजोको उद्घाटन सत्रमा केन्द्रीय प्रशिक्षण प्रमुख हेमन्त गोस्वामीले ‘एकात्म मानववाद’ अनि ‘मीडिया प्रबन्धन’ विषयमा आफ्नो वार्ता प्रस्तुत गरेका थिए भने प्रदेश प्रशिक्षण प्रमुख डा. राजु गिरीले ‘सांस्कृतिक राष्ट्रवाद’ विषयमाथि प्रकाश पारेका थिए। यसै गरी आज दोस्रो दिनको पहिलो सत्रमा एसबी कार्कीले ‘हाम्रो विचार परिवार’, डा. राजु गिरीले ‘हाम्रो कार्यपद्धति’ विषय, अनि केन्द्रीय प्रशिक्षण विभागका सदस्य रविन्द्र साठेले ‘राष्ट्रिय पुनर्निर्माणमा भाजपाको योगदान’ विषयमाथि आफ्नो वार्ता प्रस्तुत गरेका थिए।
सोही प्रकारले दोस्रो सत्रमा पार्टी प्रवक्ता नवीन भट्टराईले ‘मोदी सरकारका दूरगामी परिणामवाला नीतिहरू’ विषयमा अनि विधायिका श्रीमती राजकुमारी थापाले ‘मोदी सरकारका गरीब कल्याण योजनाहरू’ विषयमाथि आफ्नो वार्ता प्रस्तुत गरेकी थिइन्। सोही प्रकारले किसान मोर्चा अध्यक्ष तथा पूर्व विधायक श्री मोहन गुरुङले ‘मोदी सरकारको कृषि क्षेत्रका उपलब्धिहरू’ –माथि अनि विधायक केएस लेप्चाले ‘विदेश नीति’-माथि आफ्नो वार्ता पेश गरेका थिए।

आजको अन्तिम सत्रमा प्रदेश महासचिव सुदीप प्रधानले ‘हाम्रो रक्षा सामर्थ्य एवं राष्ट्रिय सुरक्षा’ विषयमा, आईके रसाइलीले ‘सोसियल मीडियाको सही उपयोग’ विषयमा अनि पार्टी उपाध्यक्ष अर्जुन राईले ‘चुनाउ प्रबन्धन’ विषयमा आफ्नो वार्ता पेश गरेका थिए भने ‘प्रान्त विषय’ –मा अप्पर बुर्तुकका विधायक डीआर थापा अनि प्रदेश अध्यक्ष डीबी चौहानले वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्तमा प्रदेश प्रशिक्षण प्रमुख डा. राजु गिरीले आफ्नो समापन सम्भाषण राखेका थिए भने सम्पूर्ण कार्यक्रमको सञ्चालन प्रदेश महासचिव भरत दुलालले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *