वीरपाडा नेपाली उच्च विद्यालयले स्वर्ण जयन्ती महोत्सवको शुभारम्भ

8ccc482c-2823-45e4-baf2-c24a860ee9df

वीरपाड़ाः २१ जनवरी १९७५ मा स्थापित मध्य डुवर्सको गौरवशील शैक्षिक संस्था वीरपाडा नेपाली उच्च विद्यालयले आज स्वर्ण जयन्ती महोत्सवको शुभारम्भ कार्यक्रम आज विधिवत रूपमा आरम्भ गरियो। स्थापनाकालदेखि नै मध्य डुवर्समा नेपाली मातृभाषामा शैक्षिक खेती गर्दै  आइरहेका नेपाली उच्च विद्यालयले यसै वर्ष ५० वर्ष टेकेको उपलक्ष्यमा आजदेखि स्वर्ण जयन्ती वर्षव्यापी विभिन्न कार्यक्रम आजदेखि आरम्भ भयो।

आज शुभारम्भ कार्यक्रममा विद्यालय परिसरमा विद्यालयको झण्डा विद्यालय सञ्चालन समितिका सभापति कृष्णबहादुर श्रेष्ठ अनि राष्ट्रीय झण्डा मुख्य अतिथि सीबी प्रधानको बाहुलीबाट उत्तोलन गरियो। आजको उ‌द्घाटनी कार्यक्रममा विद्यालयका संस्थापक दिलबहादुर राई अनि कितापसिंह राईको सालिकमा खदार्पण, पुष्पार्पण अतिथिहरूको बाहुलीबाट गरियो। विद्यालयका संस्थापक सदस्य कृष्णबहादुर तामाङको बाहुलीबाट दीप प्रज्ज्वलन गरियो। विद्यालय संस्थापक ,निर्माणकर्ताहरूलाई स्मरण गर्दै मौन धारणपछि स्वर्ण जयन्ती शुभारम्भ भएको घोषणा विद्यालयका भारप्राप्त शिक्षक अनुपकुमार शर्माले गरे।  उ‌द्घाटनी कार्यक्रममा विद्यालयका सभापति कृष्णबहादुर श्रेष्ठले  विद्यालयको इतिहासलाई स्मरण गर्दै विद्यालय समाजको दर्पण हो भने। विद्यालयको उपलब्धि साथै कार्यविधिमाथि छोटो वक्तव्य राखे। शुभारम्भ कार्यक्रममा विद्यालयका विद्यार्थीहरूद्वारा स्वागत नृत्य, गीत, सामुहिक नृत्य, लघु नाटक, कविता प्रस्तुत गरियो। शिक्षक कृष्ण कार्की अनि शिक्षिका रिना राईद्वारा सञ्चालित कार्यक्रममा विद्यालयका अवकाशग्रहण शिक्षिका दुर्गा गुरुङ, दलबहादुर राई, अशिक्षण कर्मचारी भानु राईलाई विदाई सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान जनाइयो। कार्यक्रममा सीबी प्रधान, गोपाल प्रधान, कृष्णबहादुर तामाङ, राजु प्रधान, रोहित विश्वकर्मा, दिपेश दर्जी, आशकुमार तामाङ, लङ्कापाडा हाई स्कूलका प्रधान अध्यापक रोहित थापा, महावीर हिन्दी हाई स्कूलका प्रधान शिक्षक अमोदकुमार सिंह, रामझोडा हाई स्कूलका प्रधानाध्यापक एके सिंह, सुभाष छेत्री, नकुल सोनार, विद्यालयका भूतपूर्व शिक्षक केडी राई, डीबी राई, दुर्गा गुरुङ लगायत विद्यालयका भूतपूर्व विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका,विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो। उच्च माध्यमिक विद्यालयको परीक्षापछि विभिन्न स्वर्ण जयन्ती विशेषाङ्क कार्यक्रमहरू आगामी २१ जनवरी २०२५ सम्म गरिने छ भनी विद्यालयका भारप्राप्त शिक्षक अनुपकुमार शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement