नरबुङ चियाबारीमा विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न

IMG-20240121-WA0212.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको नरबुङ चियाबारीमा स्थानीय जनसाधारणलाई लिएर विभिन्न विषयहरूमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। शिवखोला वुमेन्स प्राईमेरी मल्टीपर्पोस सोसाईटी, तीनधारे पुलिस आउटपोष्ट र जनताको आवाज गैर सरकारी संस्था खरसाङको संयुक्त आयोजनामा नरबुङ चियाबारीस्थित सार्वजनिक भवनमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रमको अध्यक्षता स्थानीय वरिष्ठ नागरिक एके देवानले गरेका थिए भने प्रमुख अतिथिको रूपमा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान उपस्थित रहेका थिए। शिक्षक डीपी प्रधानले सञ्चालन गरेको यस सचेतना कार्यक्रममा प्रमुख वक्ताको रूपमा कञ्चनजंघा उध्दार केन्द्रकी सचिव रंगु सौरिया उपस्थित थिइन्। उनले कार्यक्रममा मानव तस्करी विषयमा स्थानीयहरूलाई सचेत गराएका थिए। त्यसरी नै कार्यक्रममा तीनधारे पुलिस आउट पोष्टको ओसी बीरेन्द्र छेत्रीले विभिन्न विषयहरू जस्तै – अनलाइन धोकाधड़ी, साईबर क्राइम, ड्रग्स, ट्राफिक नियम, बाल विवाह आदि विषयहरूमा सचेतना गराएका थिए। त्यसरी नै कार्यक्रममा गोपाल छेत्रीले घरेलु ग्यास, राहुल शर्माले स्वास्थ्य साथी कार्ड अादि विषयमा मानिसहरूलाई सचेतना गराएका थिए।

कार्यक्रममा शिवखोला ग्राम पञ्चायतको उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्याद्वय अनिरा तामाङ र दिक्षा छेत्री, पञ्चायत सदस्यहरू क्रमैले उपेन राई, सिर्जना छेत्री, मोनिका लामा पनि उपस्थित थिए। त्यसरी नै शिवखोला वुमेन्स प्राईमेरी मल्टीपर्पोस सोसाईटीको को-अर्डिनेटर शोभा प्रधान र उत्तर बंग क्षेत्रीय ग्रामीण ब्यांक तीनधारेको प्रबन्धक पनि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement