विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली काठमाडौंमा

Screenshot_20240121_184444_Dailyhunt.jpg

काठमाडौं: विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपालमा आएका छन्। केही दिनअघि काठमाडौंमा आएका उनी बौद्धको एक गुम्बामा छन्। बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको स्रोतले जनाएको छ। जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला उक्त गुम्बामा पुगेकी थिइन् ।रिम्पोछेले बौद्ध गुम्बामा दुई दिनसम्म दिएको बौद्ध कक्षामा अभिनेता जेट ली सहभागि थिए। उनी छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन्। सन् २०२३ को क्रिसमस मनाउन पनि जेट ली काठमाडौंमा आइपुगेका थिए ।उनले त्यतिबेलाको नेपाल आगमनलाई आफ्नो जीवनको विशेष अवसरको रुपमा लिएको बताएका थिए। यसपटकको उनको नेपाल आगमनबारे विस्तृत बताइएको छैन। अभिनेता ली बौद्ध दर्शनप्रति अभिरुचि राख्छन्।

उनी चिनियाँ फिल्म अभिनेता, निर्माता, मार्शल आर्ट्सका कलाकार र सेवानिवृत्त उसु च्याम्पियन हुन्। सन् १९८२ को चिनियाँ फिल्म ‘साओलिन टेम्पल’बाट उनले अभिनयमा डेब्यु गरेका थिए ।सन् २००० को फिल्म ‘रोमियो मस्ट डाइ’ उनको पहिलो हलिउड प्रोजेक्ट थियो। उनले ‘द वन’ (२००१) र ‘वार’ (२००७) मा जेसन स्ट्याथमसँग, ‘द फोर्बिडन किंगडम’ (२००८) मा ज्याकी च्यानसँग, सिल्भेस्टर स्टेलोनसँग तीनवटै ‘द एक्सपेन्डेबल्स’ फिल्महरू र ‘द ममीः टम्ब’मा चरित्र खलनायकको रूपमा सह-अभिनय गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement