अलिपुरद्वारः श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप छ। घटना फालाकाट्टा ब्लकको दलगाउँ ग्राम पञ्चायतको दलगाउँ चिया बगान कार लाइन क्षेत्रमा भएको हो। आइतबार बिहान करिब पाँच बजे दुर्जनको पत्नी बबिता माझीसँग पारिवारिक कुरालाई लिएर झगडा भएको बताइएको थियो। उजुरीका अनुसार दुर्जनले आफ्नी श्रीमतीलाई धारिलो हतियारले प्रहार गरेका थिए। श्रीमतीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएलगत्तै जटेश्वर पुलिस घटनास्थल पुगेको थियो। पुलिसले गएर शव बरामद गरी अभियुक्तलाई पक्राउ गरेको थियो । पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरू गरेको छ।