१७औं सुकना गोल्ड कप:एकतर्फी जीत हासिल गरी सेमिफाइनलमा पुग्यो कालेबुङ पुलिस

photocollage_2024121185438320.jpg

२१ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा कालेबुङ पुलिसले एकतर्फी जीतको साथ सेमिफाइनलमा स्थान बनायो । आइतवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको दोस्रो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले असमको इलेभेन स्टार क्लब, बोंगगाईगाउँलाई ४-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट अजय तामाङले ५७औं र ८३औं मिनटमा २ गोल गरे। यसबाहेक सप्तक शेर्पाले २४औं र रोहन (मेस्सी) तामाङले ६०औं मिनटमा गोल गरे। अजय तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड फूटबल क्लब दार्जीलिङ र भूटानको फुञ्चोलिंग हीरोज फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा २० वटा शीर्ष टीमले हिस्सा लिएको छ।

संशोधित कार्यक्रम अनुसार दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement