चाइल्ड लाइन एडभाइजरी बोर्ड सभा

logo.jpg

गान्तोक: आज जिल्लापाल कार्यालयमा चाइल्ड लाइन एडभाइजरी बोर्ड (सीएबी) को बैठक आयोजन गरियो। जिल्लापाल रगुल के. को अध्यक्षतामा बसेको बैठकमा विभिन्न विभाग र संघ संस्थाका अधिकारीहरू र प्रतिनिधिहरू सहभागी बनेका थिए।
बैठक आयोजन गर्नुको मुख्य उद्देश्य हालैमा गरिएको पाकिम जिल्लाको स्थापनापछि गान्तोक जिल्लाको निम्ति सीएबी पुनर्गठन गर्नु रहेको थियो। सीएबी गान्तोकका समन्वयक कमल लमसालले बैठकको विषयमाथि प्रकाश पारे। बैठकमा चाइल्ड हेल्पलाइन नम्बर १०९८ को प्रचार प्रसार, यातायात वाहनहरूमा चाइल्ड लाइन १०९८ को लोगो/स्टीकर लगाउने काम, पुलिस विभागबाट समर्थन, सरकारी स्कूल, आईसीडीएस र महाविद्यालयहरूमा जागरूकताका लागि अनुरोध आदि विषयहरूमा चर्चा परिचर्चा गरियो।
बैठकमा सहभागी बनेका प्रतिनिधिहरूले बाल तस्करी, बाल श्रम, बाल शोषण तथा यससित सम्बन्धित अन्य मुद्दाहरूको समाधान र भावी रणनीति निर्धारणमाथि आफ्ना विचारहरू राखेका थिए। जिल्लापालले बाल हेरचाह र बाल कल्याण विषयमा अधिकारीहरूले आफ्नो भूमिका र जिम्मेवारी बुझ्नुपर्छ भन्दै प्रशासनको तर्फबाट सहयोगको आश्वासन दिए। उनले चाइल्डलाइन हेल्पलाइन विषय मानिसहरूलाई सचेत गर्न आआफ्नो विभागको तर्फबाट पहल गर्न आह्वान पनि गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *