घैयाबारीको नारी जनकल्याण समितिद्वारा शहीदहरूका नाममा वृक्ष रोपणको कार्य सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको नारी जनकल्याण समितिले शहीदहरूको नाममा वृक्ष रोपणको कार्य सम्पन्न गरेका छन्। घैयाबारीको झुम डाँड़ा परिसरमा नारी जनकल्याण समितिका सदस्याहरूले आज शहीद दिवसको दिन शहीदहरूका नाममा लगभग १०० वटा विभिन्न प्रजातिको रुखका विरूवाहरू रोप्ने कार्य गरेका छन्।

समितिले १९८६ को गोर्खाल्याण्ड आन्दोलन र मणिपुरको नोनी जिल्लामा प्राकृतिक प्रकोपमा परेर शहीद बनेका शहीदहरूका नाममा वृक्ष रोपणको कार्य सम्पन्न गरेका छन्।

यस विषयमा घैयाबारीको नारी जनकल्याण समितिको सभापति सुजता राईले पत्रकारहरूसित कुराकानी गर्दै हामी नारी जनकल्याण समिति घैयाबारीद्वारा २७ जुलाई शहीद दिवसको दिन शहीदहरूको नाममा वृक्ष रोपणको कार्य सम्पन्न गरिएको र यी सबै विरूवाहरू महानदीको ढुग्रेकोठीस्थित वन विभाग र खरसाङ वन विभागद्वारा उपलब्ध गराइएको जानकारी गराइन्। उनले हाम्रो समितिको नारीहरू भेला भएर घैयाबारीको झुम डाँड़ा परिसरमा विरुवाहरू रोपेको बताउँदै हामीले १९८६ को गोर्खाल्याण्ड आन्दोलन र मणिपुरको नोनी जिल्लामा प्राकृतिक प्रकोपमा परेर शहीद बनेका शहीदहरूका नाममा वृक्ष रोपणको कार्य सम्पन्न गरिएको बताएकी छन्। उनले यस अवसरमा लगभग १०० वटा जति बिरुवाहरू रोपेका जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *