नेपाल मेडिकल कलेजका विद्यार्थी नौ दिनदेखि आन्दोलनमा

Screenshot_20240121_104102_Dailyhunt.jpg

काठमाडौं: नेपाल मेडिकल कलेल, जोरपाटीमा अध्ययनरत विद्यार्थी नौ दिनदेखि आन्दोलनमा छन्।
होस्टेल क्यान्टिनको खाना गुणस्तरीय नभएको भन्दै एमबीबीएस पहिलो र दोस्रो वर्षमा अध्ययरत विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। क्यान्टिनको खाना गुणस्तरीय नभएको गुनासो गर्दा कलेज प्रशासनले परीक्षा फेल गराइदिने धक्की दिएको आन्दोलनरत विद्यार्थीको गुनासो छ।
‘कहिले आलु कुहिएको भेटिन्छ, कहिले किरा भटिन्छ। यस विषयमा कलेज प्रशासनलाई जानकारी गराउँदा कुनै जवाफ दिँदैन,’ आन्दोलनरत एक विद्यार्थीले अनलाइनखबरसँग भने, ‘खानाको विषयमा प्रश्न उठाउँदा परीक्षामा फेल गराइदिने, घरमा बुबा–आमालाई फोन गरेर तनाव दिनेसम्मको काम गरेको छ।’ आन्दोलनरत विद्यार्थीहरुले होस्टेलको खाना ऐच्छिक बनाउनुपर्ने माग गरेका छन्। ‘खानाको लागि ऐच्छिक बनाइदिनु पर्यो । अनिवार्यको नाममा गुुणस्तरहिन खाना खुवाएर बिरामी पार्न पाँइदैन नि!’ ती विद्यार्थीले भने।
चिकित्सा शिक्षा आयोगले दुई वर्षअघि नै होस्टेल र खाना अनिवार्य नगर्न निर्देशन दिइसकेको छ।
आयोगले पत्र नै काटेर निर्देशन दिए पनि मेडिकल कलेजले नियम विपरीत पैसा लिएको गुनासो विद्यार्थीले गरेका छन्। उनका अनुसार होस्टेल र क्यान्टिनको खानाका लागि कलेज प्रशासनले १ लाख ५० हजार लिएको छ।

About Author

Advertisement