गान्तोक: राज्य सरकारको यातायात विभाग साथै स्टेट लेबर फ्रण्टका अध्यक्ष प्रेम राज गुरूङले आज पाकिम जिल्ला अन्तर्गत नर्थइस्ट कम्पनीको भ्रमण गरेका छन्। आउँदो विधानसभा चुनाउलाई ध्यानमा राखेर अध्यक्ष गुरूङले स्थानीय जनताको विचारधारा बुझ्न साथै उनीहरूको अवस्थाबारे जानकारी लिन यसरी भ्रमण गरेको बताइएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा एसकेएम पार्टीका अध्यक्ष पीएस गोलेको दिशा निर्देशनमा नै यसरी कम्पनीको अवस्था बुझ्न निरीक्षण भ्रमण गरेका हुन्। मुख्यमन्त्री तथा वर्तमान सरकारले गरेका विभिन्न जनकल्याणकारी कार्यहरूबाट कम्पनीका कर्मचारीहरू सन्तुष्ट अवस्थामा छ या उनीहरू के कस्तो समस्यामा छन् सो सबै विषयहरूको जानकारी लिन अध्यक्ष गुरूङले कम्पनीको भ्रमण गरेको जानकारी गराइएको छ।