सिक्किमका सातवटा रैथाने भाषाका ५०१ जना विद्यार्थीले वर्ष २०२३-२४को दिए परीक्षा

गान्तोक: सिक्किम सरकारको शिक्षा विभागको अधिनमा रहेको सिक्किम बोर्ड अफ् इण्डिजिनियस लाग्वेजेस (एसबीआईएल) ले वर्षेनी आयोजन गर्ने राज्यको सातवटा रैथाने भाषाका ५०१ जना विद्यार्थीले कक्षा ९ देखि १२औँ श्रेणीसम्मको वर्ष २०२३-२४ को अन्तिम परीक्षा दिए।

गान्तोकको देवराली कन्या उच्चत्तर माध्यामिक विद्यालयमा आयोजित परिक्षामा राई भाषाका १६४ जना, तामाङ भाषाका १०४ जना, गुरुङ भाषाका ५१ जना, शेर्पा भाषाका ८१ जना, मगर भाषाका ५० जना, नेवार भाषाका ३७ जना र मुखिया भाषाका १४ जना विद्यार्थीले परीक्षा दिए।

सिक्किम सरकारले मान्यता प्रदान गरेको सातवटा क्षेत्रिय भाषाहरूको विकासको निम्ति थालिएको एसबीआईएलले क्षेत्रीय भाषाका पञ्जीकृत संघ संस्थाको अनुमोदनमा नौ कक्षादेखि १२औं श्रेणीसम्म दुर शिक्षा प्रणाली अन्तर्गत परीक्षा गराउने कार्यक्रम शुरु गरेको छ।

शिक्षा विभागकी एडी सुधा एम राईले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी दिइन्, यो परीक्षामा बस्न चाहनेहरूमा यो वर्ष महिला परिक्षार्थीहरूको संख्या धेरै रहेको अनि मातृ भाषाको संरक्षण र बिकासमा यो महत्वपूर्ण मान्न सकिन्छ। उनले महिलाहरू यसरी उत्साहित भएर अघि आउँदा भाषाको संरक्षण र विकासमा महत्वपूर्ण कार्य हुने विश्वास व्यक्त गरिन्।

उनले प्रत्येक वर्षको २० जनवरीमा शिक्षा विभागको क्यालेण्डरअनुसार परीक्षा बस्ने प्रावधान रहेको बताइन्। यसैगरि अप्रेल महिनाबाट परीक्षाको निम्ति फारम भर्ने प्रक्रिया शुरु हुने भएको कारण इच्छुक विद्यार्थीहरूले फारम भरेर आफ्नो रैथाने भाषाको शिक्षालाई सरकारी मन्यताप्राप्त परिक्षामा बसेर अघि बढाउन सक्ने बताए।

यो अन्य शिक्षासितै आफ्नो रैथाने भाषामा शिक्षा आर्जन गर्न चाहनेहरूको निम्ति सुनौलो अवसर भएको बताए। परीक्षा जम्मा १०० अंकको हुने गरेको त्यसमा ८० अंकको लिखित परिक्षा १५ अंकको एसाइनमेन्ट र ५ अंकको प्रत्यक्ष अन्तवार्ताबाट परीक्षा लिइने गरेको एडी राईले बताइन्।

सिक्किम सरकारको यो कार्यक्रमले वर्षेनी धेरै विद्यार्थी लाभान्वित भइरहेका छन्। विशेष गरेर भाषा शिक्षकको रोजगार र संस्कृति विकास संरक्षणको निम्ति अवसर रहेको परिक्षार्थीहरूले मन्तव्य व्यक्त गरेका छन्।

स्थानीय भाषाको विकास र संरक्षणमा एसबीआईएलको योगदान महत्वपूर्ण छ भने युवाहरूरमा आफ्नो रैथाने भाषा प्रेम र विकासमा यसले प्रोत्साहन गर्ने गरेको देखिन्छ। राज्य सरकारको यो पहलको फाइदा लिएर आफ्नो लोपोन्मुख भाषाहरूको विकासमा योगदान मात्र नभएर त्यसैको आधारमा रोजगारको सुन्दर अवसर सिर्जना गर्ने बाटो पनि यसले देखाउने सुनिश्चित छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement