सिक्किम सरकारले ग्वालाहरूको हितमा काम गरिरहेको छः यमकुमार शर्मा

n57601013817057709387983dbafb704437a53d76833d14f91ab41fb65eb3c9763253cddf01fb76feadcef6.jpg

नाम्ची: नामथाङ खण्ड प्रशासन केन्द्रको सम्मेलन कक्षमा आज गाईपालन विषय सचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम गाईपालनको राष्ट्रिय कार्यक्रमअन्तर्गत सिक्किम कोअपरेटिभ मिल्क प्रोड्यूसर युनियन लिमिटेडले आयोजना गरेको थियो।

कार्यक्रममा सम्बन्धित युनियनका अध्यक्ष यमकुमार शर्मा मुख्य अतिथि रहेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष शर्माले सिक्किम मिल्क युनियनले ग्वालाहरूको हितमा काम गरिरहेको बताए। सिक्किम मिल्क युनियन दूध बेच्न सक्षम रहेका कारण उपस्थित ग्वालाहरूलाई दूधको उत्पादन बढाएर लैजान अनुरोध गरे। सिक्किम सरकार पनि ग्वालाहरूको हितमा काम गरिरहेको उनले बताए। उनले गाईको बीमा गरेर नोक्सान हुनबाट बच्नुपर्ने सल्लाह दिए।

त्यसरी नै सिक्किम मिल्क युनियनका प्रबन्धक निर्देशक डा. तिलक घतानीले कार्यक्रमको औचित्य दूधको उत्पादन बढाएर लैजानु रहेको बताए। सिक्किम मिल्क युनियनको विषयमा जानकारी गराउँदै उनले गाईपालनलाई व्यवसाहिक रूपमा लिनुपर्ने कुरामा जोर दिए। आगामी युनियनको बोर्ड अफ् डाइरेक्टरको सभामा कुनै कम्पनीबाट गाईको चारो सस्तोमा ल्याउनको लागि निर्णय गर्ने उल्लेख गरे।

कार्यक्रममा सहकारी विभागका एआरसीएस सिधान्त राईले सहकारी समाजको विषयमा जानकारी गराए भने डा. स्वरस्वती रामुदामुले गाईको पालनपोषण र दवाई-पानी विषय बताएकी थिइन्। कार्यक्रामा अन्तरक्रिया सत्र पनि राखिएको थियो।

कार्यक्रममा जिल्ला पञ्चायत सदस्य इन्द्रकुमारी छेत्रीले पनि सम्बोधन गरेकी थिइन्। यस अवसरमा खण्ड विकास अधिकारी रतन गुरूङ, पञ्चायत अध्यक्ष गीता शर्मा, सम्बन्धित युनियनका अधिकारीगण, नामथाङ समष्टिको विभिन्न स्थानका ग्वालाहरू आदिको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement