गान्तोक: दक्षिण सिक्किमको पेकुस्थित दुर्गा मन्दिरमा हिजो १९ जनवरी शुक्रवारदेखि आगामी २६ जनवरीसम्म सातदिने महापुराण शुरू भएको छ। हिजो पहिलो दिन कलश यात्रासित आरम्भ भएको उक्त महापुराणमा कथाको वाचन भने आज २० जनवरीदेखि शुरू भएको छ। पहिलो दिन दुर्गा मन्दिर आयोजक समितिले उक्त पुराणको पहिलो दिन एसकेएम पार्टीका उपाध्यक्ष ललित शर्मा मुख्य अतिथिको रूपमा उपस्थित थिए। पुराणका मुख्य कथा व्यास गर्ने आचार्य श्री दिननाथ सिंग्देल, उपव्यास पण्डित सुजन पौडयाल सामेल छन्। यो सप्ताहदिनसम्म चल्ने महापुराणमा समस्त अनुयायी साथै शुभचिन्तकहरूलाई आयोजक समितिले निमंत्रणा गरेको छ।