हामीलाई काम चाहिन्दैन कारण कामको लागि शहीद भएको होइन: शहीदको परिवार

सोनादा: सोनादाको शहीद टाँसी भोटियाको परिवारले जीटीएले दिने भनेको नोकरीलाई अस्वीकार गरेका छन्। सोनादास्थित शहीद टाँसी भोटियाको घरमा पत्रकारहरूसित कुराकानी गर्दै शहीद टाँसी भोटियाको परिवार पक्षबाट दिदी खानजुङ भोटियाले हामीलाई काम चाहिन्दैन भनी कामलाई अस्वीकार गरेका छन्। उनले शहीद कामको लागि सहीद भएको होइन तर जाति र माटोको लागि शहीद भएका हुन् भन्दै शहीदलाई आज एक दिन सम्झेर हुँदैन तर ३६५ दिन नै नेताहरूले सम्झनुपर्छ भनी बताएका छन् । शहीद टाँसी भोटियाकी दिदी खानजुङ भोटियाले शहीदको लक्ष्य र सपना के हो त्यो बुझ्नुपर्छ नेताहरूले भन्दै शहीदको सपना गोर्खाल्याण्ड र गोर्खाको अस्तित्व बचाउनु हो। त्यही नै हाम्रो मांग हो र यही हाम्रो मांग पूरा गरिदियोस् भनी बताएका छन्। खानजुङ भोटियाले हामीलाई काम चाहिन्दैन, हामी लुटी ल्यायो, भुटी खायो गर्दैछौं तर हामीलाई काम चाहिन्दैन भनी बताइन्। उनले शहीदका सपना पूरा गर्ने नेताहरू कोही छैनन् यहाँ भनी प्रश्न गर्दै एक दिन मात्रै होइन तर ३६५ दिन नै शहीदलाई सम्झना गोर्खाको अस्तित्वको बचाउनको लागि पहल गरोस् तर मलाई कामको सरोकार छैन भनी बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *