ऊर्जा संरक्षण सम्वन्धि जागरूकता कार्यक्रम आयोजित

IMG-20240120-WA0221.jpg

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत सोमबारे सरकारी वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षगृहमा एसडीए साथै ऊर्जा विभाग सिक्किम सरकारको संयुक्त तत्वधानमा उर्जा संरक्षण सम्बन्धी विषयमा जागरूकता कार्यक्रम सम्पन्न भयो।

विद्यालयको प्रेक्षगृहमा सम्पन्न भएको ऊर्जा संरक्षण कार्यक्रममा ऊर्जा तथा परिवहन मन्त्री एमएन शेर्पा प्रमुख अतिथिका रुपमा उपस्थिति थिए। मन्त्रीको साथमा स्टेट बैंकक अफ सिक्किमका अध्यक्ष डीबी गुरुङ, अनुसुचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा, सोरेङ सर्कल ऊर्जा विभागका डिभिजन इन्जिनियर दीपक शर्मा,सत्तारूढ एसकेएम पार्टीका पदाधिकारीगण, अन्य विभागका अधिकारीगण साथै उपभोक्तहरुको बाक्लो उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement