गान्तोक: धारावाहिक रूपमा सम्पन्न भइरहेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको समष्ठी स्तरीय सांगठनिक जनसभामा आज याङगाङमा एसकेएम युवा मोर्चाका उपाध्यक्ष प्रभारी एवं मन्त्री संजित खरेलको मुख्य आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका समन्वयक एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा ८ जनवरी देखि शुरु भएको हरेक समष्टि स्तरीय सांगठनिक एवं जनसभामा व्यापक जनताको उपस्थिति रहेको बताउँदै यो सभाहरुले समस्त कार्यकर्ता अनि क्रान्तिकारीहरुलाई उर्जा प्राप्त भएको बताए। उनले आजको कार्यक्रम स्थलको पुरानो दिनहरूलाई सम्झना गर्दै उनले भने यहाँ पार्टीको प्रथम कार्यक्रम गर्न बनाएको मञ्च भत्काइदिएको थियो, तर आज यही मञ्चबाट सरकारले गरेको विभिन्न कार्यहरूको उल्लेख गर्न पाएकोमा खुशी प्रकट गरे। अब जनताको आवाज दबाउन कसैले आँट गर्न नसक्ने उनले किटान गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले दमन अनि शोषणमा परेकाहरुलाई मुक्ति दिएर जनताको निम्ति गरेको कामले गर्दा आज यति धेरै जनताको उपस्थिति रहेको बताउँदै उनले खुशी प्रकट गरे। अब यो क्षेत्रले केवल पुरानो साथीहरू मात्र होइन तर नयाँ साथीहरुलाई पनि साथमा लिएर अघि हिड्नुपर्ने आग्रह गरे। यसैले सबैको साथ अनि सहयोगले २०२४ मा यहाँको जनताको शिर ठाडो हुने उनले विश्वास व्यक्त गरे। उनले केवल सामाजिक सञ्जालमा मात्र प्रतिक्रिया दिने विपक्ष पार्टीका प्रवक्ताहरुलाई यदि साँच्चै विद्यार्थीहरूको हितमा छ भनेर भन्छ भने १४ जुलाई २०१४ मा विद्यार्थीहरु विरुद्ध लाठी चार्ज गर्ने सरकारको प्रवक्ताको पदबाट राजीनामा दिएर आउने अनि तर्कमा आउने चुनौती दिए।
मुख्य अतिथीको आशनबाट बोल्दै मन्त्री सञ्जीत खरेलले उपस्थित जन साधारणलाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले गरेको विभिन्न कार्यहरूको विस्तृत जानकारी गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकारले सिक्किमे जनताको हरेक तप्काको मानिसहरुको जीवन स्तरलाई उठाउनको निम्ति कार्य गरेको उनले बताए। अब जनमत पाएर वर्ष २०२४ मा फेरि सरकार बनाएर सिक्किमलाई विकासको शिखरमा पुर्याउने निश्चित रहेको बताए। यसैले अब सबैले २०२४ मा सोलीड एसकेएम ल्याउनको निम्ति जनमत दिने आग्रह गरे।
यसै क्रममा युवा मोर्चाका मुख्य समन्वयक सहदेव शर्माले सभालाई सम्बोधन गर्दै सिक्किमका समस्त राम्रा राम्रा युवाहरू सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा आइसकेको तर केही बेकामे युवाहरुलाई मात्र विपक्ष पार्टीमा रहेर कोठा भित्र बसेर बोक्ने गरेको बताए। पूर्व अनि वर्तमान सरकारमा युवाहरुलाई हेर्ने दृष्टिकोण आकाश र पातालको फरक रहेको उनले अवगत गराए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको स्थापनाकालदेखि नै मुख्यमन्त्री प्रेमसिंह तामाङले युवाहरुलाई दक्ष बनाउन कार्यक्रम गरेको बताउँदै एक घर एक उद्यमी योजना शुरु गरेको पनि उनले जानकारी गराए। वर्तमान सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङले
युवाहरुमाथि कहिले राजनीति गर्ने काम नगरेको अनि उनीहरूलाई शसक्त बनाउने दिशामा कार्य गरेको बताए। सोही क्रममा सभालाई सम्बोधन गर्दै संगठनमा उपाध्यक्ष प्रभारी पवित्र मानवले विगतमा एउटा परिवारको सदस्यले यो क्षेत्रलाई बद्नाम गर्ने काम गरेको छ तर त्यो बद्नामी सँधैको निम्ति आफ्नो थाप्लोबाट हटाउने समय आएको बताए। राजनीतिले पेठमा भएको नानी देखि बुज्रुक व्यक्तिस्सम्मको जीवन निर्धारण गर्ने हुनाले अब सबैले आ-आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्नु पर्ने आवश्यक रहेको उनले बताए। कसले सिक्किमे जनताको निम्ति अझ धेरै काम गर्न सक्ने प्रशस्तै सम्भावना छ उसलाई नै २०२४ मा सिक्किमको बागडोर सुम्पेर आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्ने आग्रह गरे। एउटै मुहानको पानी खानेहरू रानीतिको कारण विभाजन नहोस् भन्ने ध्येयले आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले समावेशी राजनीति शुरू गरेको उनले बताए। विपक्षीहरुले सँधै तर्कको निम्ति आवहान गर्ने गर्छं तर यहाँ कुनै तर्कको आवश्यक नरहेको उनले बताए। ती तमाम विपक्षीहरुलाई सरकारले गरेको कामहरू अवलोकन गर्ने आग्रह गरे। वर्तमान सरकारले भाषण होइन तर काममा राख्ने गरेको उनको भनाइ रहेको थियो।

सभामा क्षेत्र प्रभारी आरके बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव विकाश बस्नेत, युवा मोर्चाका अध्यक्ष लाक्पा मोक्तान लगायत अन्यको विशेष उपस्थित रहेको थियो।