लामा गाउँ गोल्ड कपः फाइनलमा पुग्न सफल आमुक्त परिवार

२० जनवरीः लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको नवौं सीजनमा आमुक्त परिवारले रोमाञ्चक जीतको साथ फाइनलमा स्थान बनायो। शनिवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा आमुक्त परिवारले लंगुरदांग गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट हेमराज भुजेलले गोल गरे जबकि अन्य एउटा गोल आत्मघाती (एञ्जेल गुुरुङ) रह्यो। यसरी एलजीएसए-बाट कुञ्जमान थापाले १ गोल गरे। मंगलवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा नेपालको दुईवटा टीम जीआईएस मेचीनगर र प्लेईंग सेवेन एफसी (पशुपतिनगर)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा शीर्ष टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। उल्लेखनीय छ, गत वर्ष भएको टुर्नामेण्टको आठौं सीजनमा लोवर कैंजले स्पोर्टिंग क्लब (एलकेएससी) च्याम्पियन भएको थियो। फाइनलमा एलकेएससी-ले सिंगलिंग स्पोर्टिंग क्लब (सिक्किम)-लाई ४-२-ले पराजित गरी खिताब जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement