टाटा समूह बन्यो आइपीएलको टाइटल स्पन्सर

मुम्बई, २० जनवरीः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले इण्डियन प्रीमियर लीग (आईपीएल)-को टाइटल स्पन्सरको अधिकार शनिवार टाटा ग्रुपलाई पाँच सालको निम्ति सुम्पियो। बीसीसीआईका मानद सचिव जय शाहले भने, आईपीएलको शीर्षक प्रायोजक (टाइटल स्पन्सर)-को रूपमा टाटा समूहसँग साझेदारीको घोषणा गर्दै हामीलाई खुशी लागिरहेको छ । लीगले कौशल, उत्साह र मनोरञ्जनको आफ्नो बेजोड़ मिश्रणद्वारा विश्वभरिका दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको छ । यसरी नै टाटा समूह विभिन्न वैश्विक क्षेत्रहरूमा आफ्नो पहिचान बनाउँदै उत्कृष्टताको प्रतीकको रूपमा अघि आएको छ। यो सहयोग विकास, नवाचार र उत्कृष्टता प्रति पारस्परिक समर्पणको भावनाको प्रतीक हो। विविध कार्यक्षेत्र भएको टाटा समूहले २५०० करोड़ रुपियाँको रेकर्ड मूल्यमा बीसीसीआईसँग आफ्नो सहयोगलाई नवीनीकृत गरेको छ, जुन लीगको इतिहासमा अहिलेसम्मको सर्वाधिक प्रायोजन राशि हो। आईपीएल अध्यक्ष अरुण सिंह धूमलले भने, आईपीएल २०२४-२८-को शीर्षक प्रायोजनको निम्ति टाटा समूहसँग सहयोग आईपीएलको यात्रामा एउटा महत्त्वपूर्ण माईलखुट्टी हो। टाटा समूहसँग पहिला २०२२ र २०२३-मा आईपीएलको निम्ति शीर्षक प्रायोजन अधिकार थियो। यसको साथमा टाटा समूह विश्वको सबैभन्दा ठूलो महिला टी२० लीग (वूमन्स प्रीमियर लीग)-को पनि शीर्षक प्रायोजक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement