मानेभञ्ज्यांगमा इण्डिपेण्डेन्स कप ३० जुलाईदेखि

२७ जुलाईः मानेभञ्ज्यांग बोइजको तत्त्वावधानमा आउँदो ३० जुलाईदेखि इण्डिपेण्डेन्स कप २०२२ नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। मानेभञ्ज्यांग खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ भने फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *