खरसाङ: गोर्खा राष्ट्रिय युवा मोर्चाले आफ्नो सांङ्ठनिक विस्तारलाई तिब्रता दिदै आफ्नो कार्यक्रमहरुलाई जारी राखेका छन्। यसै क्रममा आज कालीझोडामा गोरायुमोको सांङ्ठ्निक सभा सम्पन्न भएको छ। सभामा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक ब्राञ्च कमिटीका गोरायुमो अध्यक्ष अनि सचिव, गोर्खा एकता चालक संगठनका अध्यक्ष अनि सचिव गोरायुमो केन्द्रीय समिति कोर्डिनेटर अनि गोरामुमो केन्द्रीय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो। सभापछि पत्रकारहरुलाई जानकारी गराउँदै गोरायुमो केन्द्रीय समिति सदस्य प्रवेश राईले थप जानकारी गराएका छन्।