टिस्टा भेल्ली मिनी पोस्ट फुटबल टुर्नामेन्ट: भिन्ना-भिन्नै खेलमा नर्सिङधुरा एफसी, गेल र सुरूक एफसी विजय

photocollage_2024120211940838.jpg

टिस्टा भेल्ली: टिस्टा भेल्ली बजार गाउँ शान्ति समाजका जागरूक युवाहरूद्वारा आयोजित मिनी पोस्ट फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार खेलिएको दोस्रो चरणको म्याचमा नर्सिङधुरा, गेलले ६-१ गोलको व्यवधानमा टार्जम एफसीलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको छ। उक्त म्याचमा विजय टोलीका खेलाडी सोयम थापालाई ‘म्यान अफ द म्याच’ छनौट गरेर पारितोषिक प्रदान गरियो। यसै गरी, आज सिनियर डिभिजनको दोस्रो म्याच सुरूक एफसी बनाम सिम्ले एफसी, मङ्पूमाझ भिडन्त भयो जसमा सुरूक एफसी ५-२ गोलले विजयी बनेको छ। उक्त खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्ने खेलाडी रूलेन लेप्चालाई ‘म्यान अफ् द म्याच’-को ट्रफी अतिथिको बाहुलीबाट प्रदान गरियो। अर्कोतिर अण्डर १४ प्रतियोगिता अन्तर्गत आजदेखि सुरू भएको दोस्रो चरणको पहिलो म्याचमा डीपी साइड युनाइटेड, टिस्टाभेल्लीले रम्बी युनाइटेडलाई ४-२ गोलले पराजित गरेर अघिल्लो चरणमा प्रवेश गरेको छ। उक्त म्याचमा डीपी साइड युनाइटेडका खेलाडी रमन राईलाई म्यान अफ द म्याच घोषित गरेर ट्रफी प्रदान गरियो।

यसरी नै, अन्डर १४ फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबारको दोस्रो म्याच डीपी साइड फुलबारी, टिस्टाभेल्ली बनाम तकदाह युनाइटेड क्लब माझ अति रोमाञ्चक भिडन्त भयो, जसमा फुलबारी डीपी साइड १-० गोलले पराजित बन्यो। उक्त म्याचमा विजय टोलीका खेलाडी धरूप सेवालाई ‘म्यान अफ् द म्याच’ ट्रफी प्रदान गरियो। फुटबल प्रतियोगिताको आयोजक समितिका विश्वास छेत्रीले दिएको जानकारी अनुसार युवाहरूलाई मादक पदार्थ तथा ड्रग्स जस्ता कुलतबाट टाढा राख्ने अनि स्कुलको विदाको समय हाल नानीहरूलाई मोबाइलको लतबाट टाढा राखेर खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्य लिएर उक्त मिनी पोस्ट फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। प्रतियोगोगिताको फाइनल खेलमा विजयी टोलीलाई नगद ४० हजार लगायत आकर्षक ट्रफी अनि पराजित टोलीलाई नगद २० हजार सहित आकर्षक ट्रफी प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement