खरसाङ: भारतको पूर्व विदेश सचिव एंव वर्तमान दार्जीलिङ वेलफेयर सोसाईटीको अध्यक्ष हर्षवर्धन श्रृङ्लाले आज सिलगढीको वर्ध्दवान रोडमा रहेको हेरिटेज अस्पतालको भ्रमण गरेका छन्। यसावधि उनलाई अस्पतालका निर्देशक एलबी सुब्बाले न्यानो स्वागत गरेका थिए। यो अस्पताल दार्जिलिङको युमा अस्पतालका संस्थापक पनि हुन्। भ्रमणका क्रममा श्रृङ्लाले अस्पतालमा रहेका डायलासिस सुविधाक निरीक्षण गरेका थिए जहाँ बिरामीले तुलनात्मक रूपमा सस्तो दरमा डायलासिस सुविधा लिन सक्छन्। यो सुविधा लायन्स क्लबले राखेको छ जसले श्रृङ्लालाई अस्पताल भ्रमणको लागि निम्तो दिइएको थियो। त्यसपछि श्रृङ्ला पानीघट्टा गए जहाँ उनले पहिलो पटक लोकनायक भगवान बिरसा मुण्डाको शालिकमा माल्यार्पण गरे। श्रृङ्लाले त्यसपछि स्थानीय र समुदायका सदस्यहरूसँग भेटघाट गरेका थिए। उनले उक्त क्षेत्रका केही घरमा समेत गएर केही मानिसको जीवनयापनप्रति सहानुभूति प्रकट गरेका थिए।

बन्द कारखानाका कारण जनताको पीडामा सचेत श्रृङ्लाले यस अघि गेट्स फाउण्डेशनका विज्ञसहित पानीघट्टाको भ्रमणको आयोजना गरेका थिए जसले प्राथमिक जानकारी सङ्कलन गर्न दिनभर फिल्ड वर्क गरेका थिए। श्रृङ्लाले आफ्नो परोपकारी संस्थामार्फत दार्जिलिङ वेलफेयर सोसाइटीले गेट्स फाउन्डेसनसँग सम्पर्कमा रहने बाटोबारे छलफल गर्नेछन्। यसावधि बन्द भएको चिया बगानलाई पुनरुत्थान गर्ने कुरा पनि गरिएको छ।