मिरिक फूलबारीमा एकसय फीटमाथि ठूलाे राष्ट्रिय झण्डा लगाइने

IMG-20240120-WA0189.jpg

मिरिक: मिरिक सिविक साेसाइटी अनि भूतपूर्व सैनिक संगठन मिरिककाे सक्रियता अनि मिरिक महकुमा शासक भी दिपक तेजाकाे मार्ग निर्देशनमा मिरिक फूलबारीमा एकसय फीटमाथि ठूलाे राष्ट्रिय झण्डा लगाइने भएकाे छ। उक्त राष्ट्रिय झण्डा उत्ताेलन भारतकाे गणतन्त्र दिवसकाे दिन आगमी २६ जनवरीमा हुने तय गरिएकाे मिरिक सिविक साेसाइटीका अध्यक्ष ग्याल्बाे लामा अनि भूतपूर्व सैनिक संगठनका अध्यक्ष अवकाशप्राप्त अनेरी कप्तान मिलन चाेम्बाङले बताएका छन्।दुवैले हामी भारतीय हाैं, सबैमा राष्ट्रिय भावना जागाेस् भन्ने भावनाले मिरिक पर्यटन केन्द्रकाे मुख्य आकर्षण फूलबारीमा राष्ट्रिय झण्डा राखिने तय गरिएकाे जानकारी गराउँदै उक्त कार्यमा मिरिक महकुमा शासक भी दिपक तेजा, डाक्टर टाँशी लामा लगायत मिरिकका विभिन्न संघ संस्थाहरूकाे पनि सहभागीता रहेकाे बताए। दुवैले उक्त पुनित कार्यमा प्रत्येक नागरिककाे सहभागिता रहाेस् भनेर हामीले यथाशक्ति आर्थिक सहयाेग पनि उठाउने निर्णय गरेका छाैं भन्दै मिरिकका विभिन्न संघ संस्था, विद्यालयहरूलाई पनि सहयाेग गरेर सहभागी बन्ने अनुराेध गरे। दुवैले इच्छुक सहयाेगीहरूले मिरिक भूतपूर्व सैनिक संगठनकाे एसबीआइकाे ब्याङ्क खाता संख्या ११६७८२६८४४५ मा सहयाेग गर्न सक्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement