१७औं सुकना गोल्ड कप:युनाइटेड खरसाङ एफसी सजिलै सेमिफाइनलमा

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले सजिलै म्याच जितेर सेमिफाइनलमा स्थान बनायो । शनिवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको पहिलो क्वार्टर फाइनल म्याचमा यूकेएफसी-ले एनएमएससी शिलोंगलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट नयन प्रधानले ह्याट्रिक गरे। उनले १४औं, ३२औं र ७७औं मिनटमा गोल गरे। यसरी शिलोंगको टीमबाट द्लेशिंग लिंगदोहले ८९औं मिनटमा गोल गरे। नयन प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिस र असमको इलेभेन स्टार क्लब, बोंगगाईगाउँबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा २० वटा शीर्ष टीमले हिस्सा लिएको छ। संशोधित कार्यक्रम अनुसार दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement