२७ जुलाईः टिस्टा खेलकुद समिति (Teesta Khelkud Samiti)-को तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा बुधवार गेलखोला एफसी विजयी भयो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा खेलिएको म्याचमा गेलखोला एफसीले सालुगढ़ा फूटबल क्लबलाई ६-२-ले पराजित गऱ्यो। गचत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।
About Author
Post Views: 198