मिरिक: मिरिक लेक साइडमा प्रत्येक शनिबार लाग्ने मिरिक गोर्खे रैथाने हाटको पाँचाै हप्ता पूरा भएको छ। गत तीन हप्ताभन्दा यस हप्ता हाटमा मानिसहरूको अत्याधीक भीड देखियो। माघे संक्राति पर्वकाे छेकमा लागेकाे चाैथाे साताकाे मिरिक गाेर्खा रैथाने हाटमा तरूलकाे बजार गर्मिएकाे थियाे भने हाटमा आज केही जातीय परिकारहरू पनि बिक्रीमा राखिएकाे थियाे जहाँ मानिसहरूकाे भीड रहेको थियाे। गाेर्खा रैथाने हाटमा बुङकुलुङ बस्तीकाे माछा लगायत यहाँकाे छालाकाे मुडा, काेक्राे, डाेकाे, नाङ्लाे पनि बिक्रीमा थियाे। यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा आयोजक लेट्स गो फाउण्डेशनका अध्यक्ष श्रीदर्शन गुरूङले हाटले सफलताको साथमा पाँचाै हप्ता पूरा गराको बताएका छन्। हाटमा मिरिक क्षेत्रमा नै उमारेको जैविक साग सब्जी, फल फूल, गोर्खा जातीय खाना आदि राखिएको बताए। उनले गोर्खे रैथाने हाटमा गत हप्तासम्म आय व्यय तीन लाख रूपियाँसम्म भएको तथापि यसपाली लगभग साढे चार लाख रूपियाँसम्म हुने आफूहरूलाई विश्वस रहेको बताएका छन्।