डेपुटी चेयरम्यान राजेश चौहानद्वारा बालसन पुलबजारको निर्माणाधीन सडकको परिभ्रमण

IMG-20240120-WA0186.jpg

सोनादा: आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एंव रंगमुक सिडर्स रंगबुल समष्टीको सभासद राजेश चौहानले आफ्नो समष्टि अन्तर्गतका बालसन पुलबजारको निर्माणाधीन सडकको परिभ्रमण गरेका छन्। उनले यसावधि निर्माणाधीन अवस्थामा रहेको सड़क र पुलको निरीक्षण गरेका थिए। उनले स्थानीय ग्राम पञ्चायत सदस्य भिम राई अनि पञ्चायत समिति सदस्य हिम्मत प्रधानलाई साथमा लिएर स्थानीय गाउँलेहरुसित पनि भला कुसरी गरेका थिए। आज २१औं शताब्दीमा पनि गाडी पुग्न नसकेको गाउँ बालासन पुल बजारवासीको सपना गाडी कुद्ने सडक पूर्ण हुन लागेकोमा स्थानीय ग्रामवासीले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा अनि क्षेत्रीय सभासद राजेश चौहानप्रति आभार प्रकट गरेका छन्। स्थानीयहरूले जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासदको भ्रमणावधि भेटघाट गरी विभिन्न समस्याहरू विषयमा अवगत पनि गराएका थिए। उनको यस भ्रमणावधि स्थानीयहरूले पुल र सड़कको असल प्रकारले निर्माण हुने कुरामा आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement