अन्तर तीनधारे क्रिकेट टुर्नामेन्ट हुने

IMG-20240120-WA0185.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा अन्तर तीनधारे क्रिकेट टुर्नामेन्ट हुने भएको छ। उक्त क्रिकेट टुर्नामेन्ट आगामी २२ जनवरीदेखि शुरु भएर ३० जनवरीमा फाईनल खेल हुने भएको छ। १७ माइल तीनधारेको आयोजनामा हुन लागेको उक्त अन्तर तीनधारे क्रिकेट टुर्नामेन्टमा तीनधारे क्षेत्रका जम्मा १६ वटा टिमहरूले अंश ग्रहण गरेका छन्। उक्त क्रिकेट टुर्नामेन्टको पहिलो खेल आगामी २२ जनवरीको दिन हुने भएको छ। पहिलो खेल रुम्बा ईलेभेन र सिविटारमाझ हुने भएको छ। यस अन्तर तीनधारे क्रिकेट टुर्नामेन्टको फाईनल खेल आगामी ३० जनवरीको दिन हुने भएको आयोजक समितिको पक्षमा महेश सुनारले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement