खरसाङ: आगामी २२ जनवरीमा अयोद्यामा हुने श्रीरामको प्राण प्रतिष्ठाको दिन देशभरि उत्सवसहित पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ। यसै क्रममा यता खरसाङको श्री राम मन्दिरमा पनि प्राण प्रतिष्ठाको दिन पूजा अर्चना गरिने भएको छ। २२ जनवरीको दिन खरसाङको श्री राम मन्दिरमा पूजा कमिटीको आयोजनामा मन्दिर परिसरमा बिहान १० बजे गणेश पूजासहित पूजा आरम्भ गरिने भएको छ। त्यसको साथै दिउँसो ३ घण्टाको हरि किर्तन गरिने र साँझमा मन्दिर परिसरमा दिया बालेर उत्सव मनाईने भएको छ। यसको साथै श्रीराम मन्दिरको पुरोहित अखिलेन्द्रनाथ दिवेदीले उक्त दिन सबैलाई उपस्थित भएर शान्तिप्रिय ढंगमा उत्साहपूर्वक पूजा अर्चना गर्न आह्वान् गरेका छन्। उनले सबैलाई मन्दिरमा आएर पूजा अर्चना गर्ने निवेदन पनि गरेका छन्।