भाजपा कार्यकर्ताहरूले जलपाइगढीमा विभिन्न मन्दिरहरू सफा

984bbedc-7f9d-4fa3-ade6-e51ce2e4f840

जलपाइगढीः प्रधानमन्त्रीको आह्वानमा अयोध्यामा २२ जनवरीमा हुन लागेको रामलल्लाको अभिषेकलाई लिएर देशभरका मन्दिरहरूको सफाइ भइरहेको छ भने यसै सिलसिलामा जलपाइगढीमा पनि विभिन्न मन्दिरहरूको सफाइ भइरहेको छ। शनिबार बिहानैदेखि मन्दिरहरूमा संकीर्तनलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। प्रधानमन्त्रीको आग्रहमा सदर मण्डल भाजपा कार्यकर्ताले शनिबार बिहानैदेखि जलपाइगढीका विभिन्न मन्दिरमा सरसफाइ गर्न थालेका छन्। बिहान सदर मण्डल २ समितिले नगरको दंगापारास्थित कालीबारी मन्दिर, सदर मण्डल १ समितिले पुरानो पुलिस थानास्थित जगन्नाथ गौडिया मठ मन्दिर र आसपासका क्षेत्रको सरसफाई गरेको छ। यससँगै मन्दिर परिसरमा भक्तजनहरू रामको नामजप गरिरहेका देखिएका छन्। संकीर्तन जारी रहने भक्तले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement