कामतापुर प्रोगेसिभ पार्टीका जिल्ला अध्यक्ष विमल बर्मनलाई पार्टीबाट निष्कासन

IMG-20240120-WA0157.jpg

जलपाईगढी। कामतापुरी विद्यालयमा शिक्षकहरुको नियुक्ति भएको दुई दिनमै कामतापुरी प्रोगेसिभ पार्टीका जलपाईगढी जिल्ला अध्यक्ष विमल बर्मनलाई पार्टीले निष्कासन गरेको घटना प्रकासमा आएको छ। जिल्ला अध्यक्षलाई नियमबमोजिम निष्कासन गरिएको हो वा होइन भन्ने विषयमा कुनै कार्यकर्ताले मुख खोलेका छैनन्।
शुक्रबार, केपीपीको केन्द्रीय नेतृत्वले मैनागुड़ी ब्लकको आमगुडीमा एक पत्रकार सम्मेलनमा कामतापुर प्रोगेसिभ पार्टीको जलपाईगढी जिल्ला अध्यक्षलाई तत्काल पार्टी पदबाट बर्खास्त गरेको छ। केन्द्रिय समितिको निर्देशनमा शुक्रबार दिउँसो जलपाईगढी जिल्ला कमिटीको आपतकालीन बैठक बसेको थियो। केन्द्रिय कमिटीको बैठकमा जलपाईगढी जिल्ला अध्यक्ष विमल बर्मन र उनका छोरा तथा केन्द्रीय समिति सदस्य अपु बर्मनलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै कामतापुर प्रोगेसिभ पार्टीबाट निष्कासन गरिएको थियो। हाल जादव रायलाई जलपाईगढी जिल्ला कमिटीको अन्तरिम अध्यक्ष नियुक्त गरिएको छ।
यसका साथै कामतापुरी भाषामा विद्यालय स्वीकृत गरेको र शिक्षक नियुक्ति गरेकोमा पनि पार्टीले राज्य सरकारलाई धन्यवाद दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement