सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर एकमा वार्ड फेस्टिभल ‘नवोदय’ शुरु भएको छ। वार्ड महोत्सवको पहिलो दिन उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती र वार्ड पार्षद सञ्जय पाठकको नेतृत्वमा रंगारंग रेली निकालिएको थियो। सिलगढी जंक्शनबाट सुरु भएको यो जुलुसले सम्पूर्ण वार्ड परिक्रमा गरेको थियो। वार्ड पार्षद सञ्जय पाठकले वार्डमा आजदेखि ‘नवोदय’ पर्व सुरु भएको बताए। जुन २७ जनवरीसम्म चल्नेछ। वार्ड उत्सव मार्फत हिन्दु–मुस्लिम, सिख–क्रिश्चियन सबै एक–अर्काका दाजुभाइ भएको सन्देश दिइएको थियो।