टेस्ट टीमको तयारीमाथि प्रश्न उठाए गावस्करले

IMG-20240120-WA0125.jpg

नयाँ दिल्ली, २० जनवरीः पूर्व भारतीय कप्तान सुनिल गावस्करले रणजी ट्रफीमा खेल्नुको सट्टा अफगानिस्तान विरुद्ध टी२० अन्तर्राष्ट्रिय शृंखलामा हिस्सा लिने केही भारतीय ब्याटरहरूका प्राथमिकता प्रति आफ्नो दृष्टिकोण साझा गरे। उनको भनाइअनुसार, रोहित शर्मा, विराट कोहली, यशस्वी जयसवाल र शुभमन गिल जस्ता खेलाड़ीहरूले यस महिना ईंग्ल्याण्ड विरुद्ध शुरु हुने पाँचवटा टेस्ट म्याचको महत्त्वलाई ध्यानमा राखेर घरेलु प्रथम श्रेणी टुर्नामेण्टमा खेल्ने फसेला गरेको भए विवेकपूर्ण निर्णय हुने थियो। गावस्करले भने, केही भारतीय ब्याटरहरूले ईंग्ल्याण्ड विरुद्ध टेस्ट शृंखलाको निम्ति आफूलाई तयार गर्न रणजी ट्रफी खेल्नु असल हुने थिएन र ? सेञ्चुरियन टेस्टमा शतक बनाउने केएल राहुल र विराट कोहली (जसले शतक नबनाए पनि असल ब्याटिंग गरे)-लाई छोड़ेर अन्य सबै भारतीय ब्याटरहरूले दक्षिण अफ्रिकामा केही खास गर्न सकेनन्। यसैकारण हामीले अफगानिस्तान विरुद्ध टी२० शृंखलाको सट्टा रणजी ट्रफीको म्याचहरू खेल्नु असल रहने थियो कारण ईंग्ल्याण्ड विरुद्ध पाँचवटा टेस्ट म्याचको सीरीजमा ब्याटरहरूका अग्निपरीक्षा हुनेछ।
यसबीच भारतका मुख्य प्रशिक्षक राहुल द्रविड़ले बताएअनुसार, टीमले 20 जनवरीदेखि हैदराबादमा एउटा प्रशिक्षण शिविरको साथ ईंग्ल्याण्ड विरुद्ध महत्त्वपूर्ण शृंखलाको निम्ति आफ्नो तयारी शुरु गर्नेछ। गत 17 जनवरीको दिन डबल सुपर ओभरमा अफगानिस्तान विरुद्ध टी20 शृंखलाको अन्तिम म्याचमा भारतको रोमाञ्चक जीतपछि द्रविड़ले यस्तो घोषणा गरेका थिए। अफगानिस्तान विरुद्ध टी20 अन्तर्राष्ट्रिय सीरीजमा हिस्सा लिने नियमित टेस्ट खेलाड़ीहरूमा कप्तान रोहित, कोहली, जयसवाल, गिल, कुलदीप यादव, अक्षर पटेल, मुकेश कुमार र आवेश खान पनि सामेल थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *